कविता : ईश्वरको खोजीमा

~कोइँचबु काःतिच~Koynichbu Katich 'Uttam'

ओ प्रिय,
म तिमीलाई कसरी ढाँट्न सक्थेँ ?
तर पनि,
तिमी भन्छौ –
नढाँट्नु है नढाँट्नु,
मलाई चाहिँ नढाट्नु
मलाई ढाँट्नेलाई ईश्वरले एक दिन देखाई हाल्छ ।

प्रिय,
म बढो दोधारमा परेको छु
ईश्वरको अदालतमा एउटा उजुर दर्ता गर्नु छ
सुन्यौ नि,
“मधेशीलाई संविधान पढ्नै आएन, बुझाउनु रे
संविधानका सबै धारामा उल्लेखित दामी अधिकार
आदिवासी जनजातिले जाँड खाएकाले देख्दै देखेनन् रे”
सत्य के हो खुट्याउनु छ ।

ओ मेरी प्रियतम,
सोध्न मन लागिरहेछ–
हे परम प्रभु परमेश्वर
संसारमा कति जना ढाँट्नेहरुलाई कारवाही गरेका छौ ?
कृपय, मलाई ठेगना चाहियो,
कहाँ छ ईश्वर ?
को हो ईश्वर ?
म बाहिरको “स्वैर–कल्पना” ?
कि हामी (तिमी र म) भित्रको इइँ गि “इँगि” ?
……

–काःत, चुप्लु (ओखलढुङ्गा)

शब्दार्थ
इइँ : सबै भएभर सन्सारको हामी । (कोइँच भाषामा दुईवटा हामी छ – एउटा आइँ : यसले सानो परिवार, सानो गाउँ वा देशका मानिसहरुलाई मात्र सम्बोधन गर्दा भनिने सर्वनाम शब्द हो भने इइँभन्दा सारा सन्सारको सबैभन्ने अर्थ बोक्छ ।
गि : विशुद्ध आत्म ।
इँगि : हामी सबैको एकमुष्ट प्राण, अर्थात् सचेत विशुद्ध आत्म जो अजर छ अमर छ, अकाट्य छ ।

(स्रोत : http://www.sunuwar.org/ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.