~आचार्य प्रभा~
कहिलेकँहि नशाले तिमी , मात्तिएको मन पर्छ
नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ ।
मन हो बहलाउन,जे सुकै गर तिम्रो खुशी
नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ ।
म त तिम्रै चाहना हुँ,रिसाउ वा खुसाउ मसँग
रिसले होइन,दङ्याएर, पात्तिएको मन पर्छ ।
मनले माया गरेपछी,हर कुरा नै मीठो हुन्छ
म सँग रिसाएर,कागज झैँ च्यात्तिएको मन पर्छ ।
(अमेरिका)
(गजल बिशेष गरेर शुरा,सुन्दरी लाई लिएर पहिला लेखिने गरिन्थ्यो आजकल भने बिभिन्न कुरालाई समेटेर लेख्न थालिएको छ यो शिशु गजलमा मैले पनि अलिकती नशाकै चर्चा गर्ने प्रयास गरेकिछु )
(स्रोत : कविता कुसुम)
निकै राम्रो गजल रहेछ .
“मन हो बहलाउन,जे सुकै गर तिम्रो खुशी
नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ” …..निक्कै सुन्दर शब्द सम्योजन वा…वा….वा….♥
सहि हो,नसामा रिसाए पनि माया उत्तिकै पाइन्छ।
नशा त बाहाना मात्र मन बहकीन नदिने
लठ्ठीदा म त्यो आाँखामै तन बहकीन नदिने
छँुदैन बाहीरी नशाले तिम्रै नशाले समाउछ
भन्दैउन कसरी होला झन बहकिन नदिने
बाहीरीए जस्तै लाग्छ होश हवाशनै म बाट
तिमी नै हौ मेरो आफ्नोपन बहकिन नदिने