कविता : ए समय..पर्ख

~रश्मिला कवाङ~Rasmila Kawan

ए समय..पर्ख
तोतेबोली सँगै लहराएका लहरहरु
उच्चतम् उचाइमा पुगेर फन्को मार्दैछन्
गतिशील समय सँगै भिड्न नसकेका पथहरु
बीचबाटोमै विश्राम लिन्दैछन्
ठुलो ठुला सपनाहरू मात्र गगन्चुम्बी आकारका
त्यसभित्र न त धैर्यता छ न त लगाव नै
छ त केवल विपनाका तिता यर्थार्थहरु
चञ्चल रहरहरु निचोरेर बाँकी रहेका छोक्राहरु
जिन्दगी पथमा बोकीरहन्दा
मात्र अभाव चियाईरहे जस्ता चारैतिर
सपनाका महलहरू भताभुग भएजस्तो
लाग्छ केवल असफताको गिद्धे नजरले जिस्काईरहे जस्तो
अनि स्वयमलाई साहसको भुङ्ग्रोमा डढाएर
भन मन लाग्छ चिच्याई चिच्याई
ए वलबान समय ,पर्ख एकछिन,
टक्क रोक एकछिन गतिहिन बन एकछिन
बदलामा घुसखोरीको लोभ देखाउँन्दै
विकसित देशका विकसित कहलाउँदा मानवले जस्तै
बारम्बार अटहाँसले भन्न मन लाग्छ
पर्ख,ए समय,एकछिन पर्ख
तर वलबान त्यो समय कहिले लाटो बनिदिन्छ
कहिले बहिरोझै त कहिले अन्धोजस्तै
र पनि फक्न मन लाग्छ ,ए समय पर्ख।।

मुलढोका-४, भक्तपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.