~मुक्ति गौतम~
उफ्रनुहुन्न छोरी
बोल्नुहुन्न छोरी
खेल्नुहुन्न
कतै जानहुन्न
र
केहि गर्नुहुन्न छोरीले,
समाज
लाज
र
ईज्जतको कुरा आउँछ ।
घरको काम सबै जान्ने
हुनुपर्छ छोरी
भाई बहिनीको हेरचाह गर्ने
राम्रो सुसारे हुनुपर्छ छोरी
ठूलासंग नबोल्ने
शीर झुकाएर हिन्ने
शिल स्वभाबकी हुनुपर्छ छोरी
छोरी सहने
र
अरुलाई सुन्ने हुनुपर्छ ।
बाहिर निस्कनुहुन्न छोरी
पढ्नुहुन्न छोरीले
सिधा हेर्नुहुन्न आँखामा
लज्जालु हुनुपर्छ
असल मीजासको हुनुपर्छ
छोरी
हाँस्नु हुदैन दील खोलेर
छोरी छोराजस्तो हुनुहुन्न ।
नउफ्रेर कसरी
आकाश छुने सपना
देख्नसक्थिन् मेरो दिदीले?
उड्ने सपना
जून टिप्ने सपना
र
तारा झार्ने सपना ।
नहिडेर कसरी
गन्तब्य पुग्नसक्थिन्?
नहाँसेर कसरी
खुसी हुनसक्थिन्?
नबोलेर कसरी
बालशुलभ उत्सुकताहरु
मेटाउन सक्थिन् दिदीले?
कसरी जीत्न सक्थिन्
उनीलाई मान्छे नदेख्नेहरुलाई?
खाली भकारीमा अन्न भरेर
भोका पेटहरु भरीन् उनीले
चिसो अगेनामा आगो बालेर
तातो पारीन्
घर र रित्ता पेटहरु,
सुकेर आफू
बाँडिएर टुक्रा टुक्रामा
लाम्टा चुसाइरहिन्
जन्माइरहिन् सन्तानहरु
रित्ता मनहरुमा
पोखिरहिन् माया ।
जती बाँधेपनि घेराभित्र
ऊनीजति सपना
कसैले फलाउँन सकेनन्,
उनीजती माया
कसैले छर्न सकेनन्
बिभिन्न रुपमा
लुटिइन् मेरी दिदी
बोक्सी बनाईइन् मेरी दिदी
उनको दोष के थियो र बिधवा हुनुमा
अपशकुन भइन् उनी
बारम्बार अछुत भइरहिन्
आफ्नै घरमा पनि बिचरा,
बिभिन्न रुपमा
ठगिइन् मेरी दिदी
तर पनि
उनीजती बिश्वाश
कसैले रोप्न सकेनन् मान्छेमा
उनको आँखामा
हरेक चुनौतीभन्दा बलियो
बिश्वास चम्कन्छ
उनीजस्तो
कसैले भर्नसक्दैनन् जीबन
खाली मूर्तीहरुमा
रित्ता मान्छेहरुमा ।
-मुक्ति गौतम
टोरण्टो
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )