~लिल बहादुर खत्री ‘ललित’~
हिजो आज देशमा संकट पर्या छ रे भन्ने सुन्छु
स्वाभिमानी नेपालिको मान झर्या छ रे भन्ने सुन्छु।
एकै देशका दाजु भाई मारामारी किन गर्छौ
दशगजा नि अलि वर सर्या छ रे भन्ने सुन्छु ।
देशको समस्या समाधान त देशमै गरे भैहाल्यो नि
देशलाई विर्सी अर्कै संग सल्क्या छौ रे भन्ने सुन्छु।
तराई पहाड हिमाल मिली बनेको छ नेपाल हाम्रो
आप्नो भन्ने नभएसी ढलक्या छन रे भन्ने सुन्छु ।
महंगी र वेरोजगारले जन्ता साह्रै मारमा परे
देशै भरी भ्रष्ट्रचारी फैल्या छन रे भन्ने सुन्छु ।
विर पुर्खाले बचाएको स्वर्ग जस्तो देश हाम्रो
गर्छौं भन्ने मनहरु नि ढल्क्या छन रे भन्ने सुन्छु ।
हिजो आज देशमा संकट पर्याछ रे भन्ने सुन्छु
स्वाभिमानी नेपालीको मान झर्या छ रे भन्ने सुन्छु ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )