~बिकास सुबेदी~
मेरा डाडा मेरै भिरहरु आज रोइरहेछ |
कोइलीको त्यो मधुर स्वर आज कहाँ गएछ ?
यही चन्द्रागिरी शिखरमा खोइ मान्छे हासेको ?
ती आमाबाको मन आज कहाँ छ खोइ फसेको ?
सोची ल्याउदा किन होला धिक्कार भो जिन्दगानी ?
यत्रो ठुलो भइकन पनि के पुगेन मलाई ?
सारा विश्व खुसी छ यहाँ म एउटा मात्रहोनी |
बैराग मान्छु जब सबै थोक भइकन पनि |
जब हुन्छ मन भरिनै सुखैसुखको तिर्सना |
तब उसले थाल्दछ सबै सुखहरु विर्सन |
सोचनै तुच्छ छ भने त लाग्दछ सब बैरागी |
उमंगले भरिएको मान्छे सधैँ हुन्छ अगाडि ||
विकास सुबेदी
बज्रबाराही था.न.पा . १५ मकवानपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )