~भूपेन्द्र काफ्ले ‘नयन’~
फहराउदो पहेंलो धोती
त्यसैमा किचीएको सेतो धरती
अनि किचीएका कंयौ रहर र कल्पना
झरी झै झरेका आमाका अरती
वालसुलभतामा पलाएका ठुला हुने चाहना
भर्भराउदा कलीला यौवन
अनि बिवसताले कुल्चीएको भबिष्य
त्यस माथीको पारीवारीक बन्धन
थाहै नपाई पाएको परायाको साथ
पारीवारीक बिवसतामा अल्झाएको जिवन
चट्टै टुट्ने काँचको धागो झै जोवन
र कैले आफ्ना लागी नआँउने यो बिहान
निष्टुर सपनाहरुको संसार
कालो अन्धाकार धारी विपना
रोधन भन्ने भाबीको लेखा
अनी आँफैमा बलात्कृत भएको चाहना
यस्तै रहेछ पापी दुनीया
सँधै बार्नु पर्ने सेतो बरखी
सात बर्षमा बिवाह नौँ बर्षमा बिधवा
भयो सधै सधैलाई जिवन सेतो धरती
सेतो धरती
सेतो धरती
(सेतो धरती पढेपछी)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)