~सुरेन्द्र खौलराठी~
बाँझो थियो दिल उनको मायाको बिउ छरे मैले !
साँचो माया गरि उनलाई के अपराध गरे मैले !
कहिले सम्म तड्पी बस्थें जवानीको मरुस्थलमा,
कल्पनामा उनि संगै कयौं सागर तरे मैले !
भरिन्छन यी आँखाहरु उनको तस्बीर हेरिबस्दा,
आँशुले नै कयौं पल्ट सिउँदो उनको भरे मैले !
राखेको थें उनलाई मैले मनभित्रको बगैंचामा,
खोसेपछि उनको बाउले बसाईं नै सरे मैले !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )