एउटा बाटो रोज्नै पर्छ, जिउन अँझ धेरै छ
जिन्दगी नै सागर हो यो, खिउन अँझ धेरै छ
फाटेको छ हाम्रो मन, लाज ढाक्नु त पर्छ नै
टालटुल गरी के होला र, सिउन अँझ धेरै छ
अभावको चित्कारले, गला पनि अवरुद्ध छ
जहर फाल्न अमृतपान, पिउन अँझ धेरै छ
फर्की हेर्दा अतितको, काउकुतिले सताउँछ
बन्धकिका तिनै खुसी, लिउन अँझ धेरै छ
कसले गर्दा यस्तो भो, खुसीमाथि बज्रपात
मनको ज्ञानचक्षुले, चिहाउन अँझै धेरै छ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )