जून आज तिमी नचम्क
आज मलाई अध्यारोमा नै फालिदेऊ
आज मैले के के सहे तिमिलाई के थाहा
आज म सबै विर्सन खोज्दैछु
भोक, प्यास, कठोर काम ।
भन्दे भोली उडाउने सूर्यलाई
म यहाँ भोली हुदिन
अब आउने छैन म
उसको किरणसंग जिस्कीन
मेरा बररर बगेको आशु
रोक्न अब म सक्दिन
सात जन्मको दुःख कष्ट
पाए मैले एक जुनीमा
न मेरा यहाँ कोही छन्
न मैले कसैलाई दुःख पोख्न सके
सधै विपद्ले छोप्ने जीन्दगी
सधै मेरो हार हुने जिन्दगी
लोभ छैन अब बाँच्ने
साहस छैन अब लामो सास तान्ने
जन्मभूमी जन्मदातालाई छोडे मैले
साथीभाई आफन्तलाई बिर्से मैले
तर यो विरानोठाउँमा
कोही मेरो जन्मदाता भएन
साथीभाई आफन्त कसैलाई भेट्टाएन
भन्दे त्यो हावालाई
अब मलाई त्यो पनि चाहीदैन
अनित्य यो संसारमा
अब म जिउने छैन ।
–दिव्या बज्राचार्य
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )