सौरभ कार्कीका सात हाइकु

~सौरभ कार्की~Saurav Karki

१
तिम्रै बातले
तड्पिए रातैभर
तिम्रै यादले

२
पानी परेछ
तिमीलाई सम्झिने
बानी परेछ

३
बोल्नु छ अब
मन्का कुरा तिम्लाई
खोल्नु छ अब

४
माया गरम्ला
सधै भरी तिम्रो म
छाया बनम्ला

५
कुरा गर्ने हो
तिम्रा इक्ष्या आकाछ्या
पुरा गर्ने हो

६
के छ खबर ?
लौ भन बिहे गर्ने
छ कि रहर ?

७
फकाउछु म
आनाकानी गर्यौ कि
भगाउछु म !

सौरभ कार्की
झुले – ४, दोलखा
हालः बुध्द एयर, चन्द्रगढी, झापा

(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.