~लिल बहादुर खत्री ‘ललित’~
भन्ने गर्छन् कतिले त पैसा ठुलो हैन
मत भन्छु पैसा विना जिन्दगी नै छैन।
चुलो देखी चौकोष सम्म पैसाकै छ काम
धन नहुने मानिसलाई त स्थान नै भईन।
पैसाले नै रहेछ याहा आत्मियता बढ्ने
धनकै आडमा हुदो रहेछ जिन्दगीमा चैन ।
पैसा भएसी घरपरिवार सबै खुसी हुने
म त भन्छु पैसा विना अस्तित्वनै छैन।
खाडीको चर्को घाममा यही पैसाले तान्ने
संसारमा पैसा जस्तो अरू केही भैन ।
पैशावाला मनिसको साथमा हुन्छ जमात
मत भन्छु पैसा विना जिन्दगी नै छैन।
पैसा छैन भने पछि हेपी हाल्ने समाज
भन्ने गर्छन् कतिले त पैसा ठुलो हैन
मत भन्छु पैसा विना जिन्दगी नै छैन।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )