~अतित मुखिया~
झरना शव्द
झ्याउँकिरी भाकामा
गुञ्जेको साँझ !
सिमल भुवा
बतास टेक्दाटेक्दै
नौडाडा पारी !
मनको चुलो
सम्साको आगो बल्दा
संकाको धुँवा !
पर्दा खोलेर
जुन पोखाउछे उ
सिरानी भरी !
रातको दीयो
एक चोक्टो अधेरो
दीयो मुनि नै !
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )