~विरही काईला~
म उभिन्छु
आकाश उचालिन्छ
म बस्छु
आकाश झरेर
टाउकोलाई थिचिबस्छ
मन छटपटिन्छ
अनि डरको डोकोभित्र लुक्छ
आकाशलाई हेर्छु
चोइटिएको वादलले
आकाश बोकेर गइरहेको हुन्छ
मनलाई वादल देखाउँछु
मनलाई आकाश देखाउँछु
वादलसंग आकाश गइरहेको हुन्छ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )