~लिल बहादुर खत्री ‘ललित’~
आखै भरी तस्विर त्यो झल्किदिन्छ म के गरुँ
आखा चिमले उहि रुप टल्की दिन्छ म के गरुँ।
जति टाढा उति गाढा तिम्रो माया हृदयमा
पोल्दै छाति दिलमा राको सल्किदिन्छ म के गरुँ ।
काधमा थियो जिम्मेवारी पुरा गर्दा साथ छुट्यो
विगतको याद पल्कि दिन्छ फेरी म के गरुँ ।
कति जिउने यादहरु संगालेर एकान्तमा
जति विर्सु भन्दा पनि झुल्की दिन्छ म के गरुँ ।
भावनाका पोकाहरु गाठो पारी राखे पनि
आखाबाट आसु बनि छल्की दिन्छ म के गरुँ ।
भुल्न खोज्दा सबै चिज चाहेर नि सकिदैन
अतितका यादहरु सलबलाईदिन्छ म के गरुँ।
एकान्त नै अहिले त मेरो साथी बनि रा छ
क्षण-क्षणमै उहिरुप बल्झिदिन्छ म के गरुँ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )