~नरेन्द्र पराशर~
एकरसताको महानिद्रामा
स्वप्नदोष्ले स्खलित आकाश
तुष्ट देखिन्छ
नजिकै
सिर्जनाका स्वप्नपुष्प लुकाएर
ख्यालठट्टै धर्ती अवैध गर्भवती भएकी छे
सौन्दर्यको दुनियाँँमा
आनन्दको भाग खोस्न
संसार अगाडि सर्दा
आजै परसरेकी छे कविता !
असल पर
हिलैहिलो को जान्छ र ?
फूलले आत्महत्या गरेको साँझ
कुन माहुरी खुशी हुन्छ र ?
अँध्यारो छर्ने मैन्बत्ती बाल्न
हतारिएका छन भानुका प्रकाशहरू
सौन्दर्यको दुनियाँँमा
आफैँलाई कुरूप पार्न
संसार अगाडि सर्दा
आजै परसरेकी छे कविता !!
-नरेन्द्र पराशर
झुर्किया-९ र्मोरङ, नेपाल
(स्रोत : प्रयास अनलाइन द्वैमासिक, बर्ष:३, अंक:६, संस्करण:२४, नोभेम्बर – डिसेम्बर २०१३(अ. ने. सा. स. फर्मोसा च्याप्टर, ताइपेइ, ताइवान))