कविता : सपना

~नवराज योन्जन~Nabaraj Yonjan

“सपना”____
तिमी को थियौ ..?
कसैको छोरी थियौं
कि
बुहारी पनी हौ |

मेरो बन्द यी दुवै नेत्र
सुन्यतामा
अँध्यारो कोठा भित्रको
हावा जस्तै अनन्त यात्रा

अपरिचित त्यो मुहार
बिम्वको साहारामा
हिमाल जस्तै मुस्कुराउदै
गुँरास जस्तै फुल्दै
गुलाफको जस्तै भाव पस्किदै
लालुपाते जस्तै लजाउदै
केहि मिठा वात संगै
जुन जस्तै सितल छर्दै
आएको थियौ |
दिदै यो उज्यालो

यहि उज्यालोमा सहर्ष ब्यूँझदै
परिचय गर्न खोज्दा
पत्तै नपाई
तिमी हराएर
मलाई एक्कै बनाएकी थियौ |
जानु नै थियौ भने
मध्यराति किन आयौ ?
आउनुनै थियो भने किन
अँध्यारोमा प्रतिबिम्ब बनेर आयौ ?
साच्चै
तिमि,तिमी को थियौ ..?
कसैको छोरी थियौं
कि
बुहारी पनी हौ |

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.