~लिल बहादुर खत्री ‘ललित’~
आकाशको जुन धर्तिमा चम्कदा सम्झन्छु तिमिलाई
आफुले आफैलाई भुलेको बेखत सम्झन्छु तिमिलाई ।
पिरतिको हाम्रो त्यो बगैचा भित्र झुमेको यादमा
वसन्ति हावा डुलेको बेला सम्झन्छु तिमिलाई ।
तिमि र म मिलेर संगै भावि ति दिन गुन्दा
मन एकहोरो भएको बेला सम्झन्छु तिमिलाई।
रातमा म सपना देख्छु तिमिले नै बोलाएको
बिहानी पख मिरमिरे हुदा सम्झन्छु तिमिलाई ।
एकै थालिमा दुई जना मिलि खाना खाएको बखत
भोकाएको पेट चसक्क दुख्दा सम्झन्छु तिमिलाई ।
सामान्य कामनि बाडफाड गरी गरेको त्यो बेला
एकान्त रुममा एक्लै हुदा सम्झन्छु तिमिलाई ।
सोच्दछु केही म तिम्रै बारे लेखुँ कि केही कुरा ?
भावनाहरू चुलेको बेला सम्झन्छु तिमीलाई ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )