~मुक्ति गौतम~
जलाशयमा पानी छैन, बिजुली बाल्ने खोला सुक्यो रे गाउँमा
मूल सुके, युध्दले मन सुके, बजारको आयतन माँत्र फुक्यो रे गाउँमा
कपडा कोचेर बनाएको पुरानो मोजाको भकुण्डो खोज्न जाँदा
लुकाएको बम भेटेछ सानेले, सानेको मृत्यूमा सबैको शीर झुक्यो रे गाउँमा ।
एक-अर्कालाई लखेट्ने खेल अब छैन, नाकाबन्दी अलि फूक्यो रे गाउँमा
बिभाजन त कोरिएकै छ मनमा, खै कहाँनेर के चुक्यो रे गाउँमा
बम र बन्दुक त बिसाए रे, तर बाँच्नेहरु पनि छैनन् त्यतातीर अचेल
पोहोरको दशैमा आमा भन्थिन् रित्तो घरले उनको मन दुख्यो रे गाउँमा ।
-मुक्ति गौतम
जुन २१, २०१६
टोरण्टो
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )