गजल : भेटिन्छ ऊ

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ
र ईज्जतदारको,बजारमा भेटिन्छ ऊ

चर्चा संगै व्यस्तताको,कुरा नगर्नुस
काठमान्डौ कहिले तपोबनमा भेटिन्छ ऊ

छेपारा हो रंग फेर्छ,बोल्छ मीठो कुरा
अचेल फूलको,सवारमा भेटिन्छ ऊ

संसारलाई जीते भन्दै जति ऊफ्रे पनि
भीत्र आफै संगको,हारमा भेटिन्छ ऊ

नारी हकको दिनै भरी वकालत गर्छ
साँझपख रेष्टुरेण्ड र बारमा भेटिन्छ ऊ

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.