~चकेन्द्र राई “कैदी”~
म
माटो भएर ढुङ्गा सगै
टासिन जानिन ……
किनार भएर नदी सगै
गासिन जानिन……
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन……
आकाश भएर क्षितिज सग
मिसिन जानिन……
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !
न बुढो राजनीतिक
ईतिहासको खोल ओडेर
यथास्थितिमा लम्पसार परी
काग्रेस बन्न सके…………
न म
दोबाटोमा दोधार/ दोमन लिएर
ठिङग उभी रहने दुई जिब्रे
ए.माले बन्न सके ……
न त
मिठा मिठा सपना बाड्दै
आशै आशाको स्वर्ग दिलाउदै
धामसको खेती गर्ने
ए.माओवादी बन्न सके ……
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!
मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!
आज सोच्छु
भाग्य पनि कस्तो कस्तो ?
कोही दरबार बाट एकान्त कुना तिर बसाइ सरे
कोहि कल्पनाको आकश बाट यथार्थको धरतिमा झरे
नहुने जति नेपालमा नै हुदो रहेछ हरेकाहरुले नै चैन गरे
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!!
चकेन्द्र राई ”कैदी”
धनकुटा, हाल :- दोहा, कतार
(स्रोत : कविता कुसुम)