गीत : बिर्सेर फेरि मलाई नहेर

~गोपाल योञ्जन~Gopal Yonjan

बिर्सेर फेरि मलाई नहेर २
यहाँ एक जीबन आँशुमा डुब्छ
निको भैसकेको पुरानो त्यो घाउ
अनायास नै फेरि बल्झेर दुख्छ
बिर्सेर फेरि मलाई नहेर

बोकेर चोट अनुरागको, जाँदैछु बाँच्न एकान्तमा आज २
सम्झना पनी नपठाउ भन्छु, कतै जिन्दगि नै झस्केर उठ्छ २

शायद निको नहुने मेरो घाउ, दाहा भइ बाँच्छ संधै म भित्र
बाँचेकै हेर्ने भए फेरि मलाई, हाँसो ल्याई दिने भए फेरि मलाई
अब नजरले नघोच मलाई, तिम्रो हेराईमा बल्झेर दुख्छ
बिर्सेर फेरि मलाई नहेर

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

1 Response to गीत : बिर्सेर फेरि मलाई नहेर

  1. सिर्जन says:

    यस गीतका शब्द नगेन्द्र थापाका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.