~कृष्ण पहारी~
एक हिक्का बाडुली काडेर
आजकाल
मात्रै तिमिलाइ सम्झनेगरेकोछु।
तिम्रो अभाबमा
छट्पटिएको मन
कुन्नी किन हो
सिथिल बन्दै गएकोछ
तिम्ले नपत्याउन सक्छेउ
बिस्वास नगर्न सक्छेउ
तिम्रो अभाबमा
मन जलिरहेकोछ।
पटकै पटक ,धेरै पटक
तिम्रो तस्बिरलाइ
ओल्टो पल्टो गराएर
तिम्रो सम्झनामा
चुम्बन गरेकोछु
तेतिबेला म आफैलाइ
पागल सम्झेको हुन्छु
तिम्लाइ पत्यार नलाग्न सक्छ।
आजकल
यति सारै तिम्रो सम्झना
किन बगिरहन्छ
मन भरी ,मुटु भरी
म आफैलाइ थाहा छैन
प्रेमले पागल बनाउछ भन्थे
प्रेमले घायल बनाउछ भन्थे
त्यो सत्य साबित बनेकोछ
फगत तिम्रो सम्झना
तिर्सुलिको भेल बनेकोछ
कालिको छाल बनेकोछ।
अबत तिम्रो सन्झना
न आए पनि हुन्थ्यो जस्तो लाग्छ
पर्तेक रातमा
तिम्रो इस्पर्स ले लागेका काउकुती
र चुम्बनमा जोडिएका ओठहरु ले
मलाइ साबधान भनेकोछ
खबर्दार भनेकोछ
तिम्रो अभाब लाई थाती राखेर
अबत मन
रात भरी निदाउन खोजिरहेकोछ।
पोखराथोक, पाल्पा, तानसेन ।