~इप्सुल मगर~
रसार्इरह्यो गह अझ आसुँ सुक्दा पनि
बोक्नै नसक्ने ब्यथा रै’छ हेर्दा हृदयमा खनि
पूर्णिमाको रात मलार्इ वन्दा काल रात्री अव
शायद मेरो भाग्यले गर्दा होला मनोमानी
जसो पर्ला उसै टर्ला भन्ने गर्छन् सवले
जसरी नी जिउनै पर्ने जिन्दगीको रीत जानी
बाह्रमासे फूल हाम्रो होइन रै’छ जीवन
त्यसैले त मन बुझाउँन उपमा ‘संघर्ष’ छ नी
हङकङ
(स्रोत : कविता कुसुम)