सुनिता सापकोटाक १० मुक्तकहरु

~सुनिता सापकोटा~Sunita Sapkota

मुक्तक 1
हुदैन रात नढली बिहान हुदैन
अनि लक्ष्य बिनाको अभियान हुदैन
हो,सधै बेकुफ बनेर किन दौडिन्छौ??
मान्छे नगाडी कतै पनि चिहान हुदैन
========
मुक्तक 2
भिरमा जाने गाइलाइ अगालेर हुदैन
पानी माथी आगो कहिल्यै बालेर हुदैन
तिमी नगर बिनासित्ती घमण्ड नगर
कसम फलाम त्यो सुन गालेर हुदैन
===============
मुक्तक 3
हुदैन थ्यो रामायण सीता राम नभए
चल्ने थिएन सन्सार जुन घाम नभए
जतिसुकै राम्रो चरीत्र देखावस् न यहाँ
चिनिन्दैन उस्को ब्यक्तिगत नाम नभए
===========
मुक्तक 4
हुदैन नदि,खोला बिना बगर हुदैन
भुस र खरानी मिलि दिगो घर हुदैन
हो, तिमी नगर ब्यर्थै भेदभाव नगर
नारी पुरुष सिवाय अर्को थर हुदैन
==============
मुक्तक 5
हो, सबै शुभचिन्तक इष्ट हुने भए
सम्बन्ध सबै बिच घनिष्ट हुने भए
म पनि दुनियाँमा बेकुफ हुने थिन
बिचार हरु सबै उत्कृष्ट हुने भए
=========
मुक्तक 6
झुट बनाएर सबै दुरुस्त हुदैन
दुनियाँ सबै यहाँ हृष्टपुष्ठ हुदैन
हो, लिएर हेरे अनेक परिक्षा मैले
जति भएपनी मान्छे सन्तुष्ट हुदैन
=============
मुक्तक 7
राम्रो पनि कुनै बेला पत्रु हुदो रैछ
नयाँ पनि त किन हो झत्रु हुदो रैछ
जति सुकै इमानदार बनोस न कोहि
उस्को पनि दुनियाँमा शत्रु हुदो रैछ
============
मुक्तक 8
कोहि यसै मर्छ्न प्रेमको नाममा
कोहि आँखा तर्छन प्रेमको नाममा
खै मूर्ख भनौ कि सज्जन भनौ अब
कोहि भ्रम पर्छन प्रेमको नाममा
============
मुक्तक 9
दुखको कुनै सन्सार नहुदो हो त
कतै केही हाहाकार नहुदो हो त
लड्ने थिएन मान्छे परिश्रमी बनी
जित भै कसैको हार नहुदो हो त
============
मुक्तक 10
हुदो हो कसरी धर्म बलि चढाएर?
पाप मन भित्र झन् पो उल्टै बढाएर
अह, पाइन्न पुण्य मनमा पाप बोकि
धर्म नाममा बेद पुराण पढाएर !!

सुनिता सापकोटा
भोजपुर , चरम्बी
हाल काठमाडौ

(स्रोत : बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरब – फेसबुक पेज)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.