~आभाष~
बोकेर
केही थान आइस क्यूब
लेक साइडतिर झर्छ– माछापुछ्रे
छिर्छ
मधुरसले सजिएको
कुनै
ब्रान्डेड बारभित्र
अर्डर गर्छ
एउटा लार्ज पेग ह्विस्की
छप्ल्याक्क्
छप्ल्याक्क्
गिलासमा खसाल्छ
सेता
केही हलुका
हिमाली थुागा
र चुस्काउादै सुसेल्छ
एउटा रुमानी लोकभाका
छिन्भरमै
नशाले रापिन्छ– माछापुछ्रे
हल्लादै निस्कान्छ हल्लन्चोक
र मोडिन्छ अलिक् पश्चिम
जहाा भेटिन्छे
अनेकबाट गिजोलिएकी
उही
पुरानी
चिरपरिचित फेवा
ग्वाम्याङ्ग
सहजै
उसैसित आगालिन्छ– माछापुछ्रे
र निहार्छ
नीलदहमा तैरिएको
आफ्नै सर्वाङ्ग नाङ्गो शरीर
टिल्पिल् टिल्पिल्
कहिले दााया कहिले बाँया
लड्खडाउादै लड्खडाउादै
उभो लाग्छ– माछापुछ्रे
घरको संघारमै भेटिन्छे
उही
उस्कै
चनमते
चुलबुले सेती
र लरबरिादै लरबरिादै
माफी माग्छ– माछापुछ्रे–
सरी डार्लिङ !
त्यो भाडुवा लेकेले
आज अलिक्
बढ्तै पिलाएछ है !
प्रकाशित: माघ १६, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)