~ध्रुब कुमार थापा~
तिमी हास्दा संसारनै जिंते जस्तो लाग्छ
रिसाउदा आकासनै खसे जस्तो लाग्छ
मन्द मन्द मुस्कान छ मिठो बोलि साथ
माया बसी मुटु बिच खिचे जस्तो लाग्छ
बह पोख्ने ठाउँ थियो दिल मात्रै तिम्रो
मेरो आस भरोसा नि पिसे जस्तो लाग्छ
टाढिएर बाच्नु पर्ने कस्तो भाग्य प्रिय
सम्झिदानी पहिरोले किचे जस्तो लाग्छ
आसु झर्दा एक्लो हुदा कठै भन्ने छैन
आध्यारो मा दुश्मनले मिचे जस्तो लाग्छ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )