कविता : पाँच वर्षकी छोरी

~दिव्या बज्राचार्य~Divya Bajracharya

छोरीलाई बुद्धि छैन भन्दै गाली गर्छु
तर तीर्खा लाग्दा छोरीले पानी ल्याइदिन्छे
थकाई लाग्दा विस्तारै खुट्टा सम्सुम्याइ दिन्छे

कस्तो लाटी होला भन्छु
म दुखि हुदा मलाई हसाउँन खोज्छे
टिभीमा देखे जस्तै नाचेर देखाउँछे

दिमाग छैन सबै विर्गादिन्छे भन्छु
स्कूलमा सिकेको गीत गाउछें
आफुले सुनेको कथा फरर भन्छे

–दिव्या बज्राचार्य

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.