मुसोले हात्तीसँग विहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे। उनीहरू समानताका अनुपम उदाहरण भए र उनीहरुको कार्यलाई असमानताको अन्त्य गर्ने पहिलो व्यवहारिक खुटकिलो मानियो। त्यही उपलक्षमा भोज भए, उत्सव गरियो र चाहाड मनाइयो।
हात्तीलाई भनियो – ‘घरभित्र पनि तिमीले समान अधिकार दिनुपर्छ।’
सज्जन हात्तीले त्यसलाई सहर्ष स्वीकार गर्योे। उनीहरूले सँगै आर्जन गरे, एउटै भाँडोबाट खाए, उस्तै लगाए। हात्तीलाई कहिले कहीं नपुग भयो होला तर मुसोलाई कहिले पनि भएन।
उनीहरू बसे एउटै थलोमा, सुते एउटै ओछ्यानमा। सबै राम्रै थिये तर एक दिन दुर्घटना भयो।
निदाएकै बेला हात्ती कोल्टे फर्कियो र मुसो किचिएर मर्योर।
चारैतिर समाचार फैलियो – ‘मुसो किचिएर मर्योम, हात्तीले मुसोलाई किचीकिची मार्योा । हात्ती अन्यायी हो, अत्याचारी हो। हात्तीलाई सजाय हुनैपर्छ।’
बिचरो हात्ती के गरोस्?
ऊसँग त जवाफ नै थिएन।
बिराटनगर
२०५०।१०।२८
(स्रोत : रचनाकारको ब्लगबाट सभार)