~सारदा पाठक~
पीरतीको खेल
सोह्र बर्षो उमेर
बुढो रहर ।
जवानी चढ्यो
बिदेशमा जीवन
सम्वन्ध टुट्यो ।
इसारा काफी
दुइ मुटुको मेल
एकान्त प्रीय ।
नारी दिवस
कुरा होइन काम
हिंसा रोक्नमा ।
नुनीलो पानी
गहिरो समुन्द्रमा
मेटिन्न तिर्खा
बाल वालिका
कर्णाधार देशका
अधिकार विना ।
हातको चुरा
हतियार मनको
मीठो औजार ।
रुदैछ मन
बनको कोइली झैँ
अतित् बोकेर ।
तारा मण्डल
सपनाको संसार
धर्तीको जुन ।
गुरासको फूल
बसन्त रमाइलो
फुल्दैछ मन ।
आँखाको ज्योति
चेतनाको विकास
गाउँ घरमा ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )