~सुरेन्द्र खौलराठी~
कति माया गर्थें मैले, शंकालाई प्रीत ठान्यौ !
मिल्नु अनि छुट्टीनुलाई संसारको रीत ठान्यौ !
अन्धकारमा डुबेकोछ निर्दोष जिन्दगि यो,
तडपाउदै हिंड्नुलाई पिरतीमा जीत ठान्यौ !
छ महिना नि भाको थे’न लुकिछिपी जोवन दे’को,
बिर्सीदियौ सबै कुरा, नछुट्टीदै अतित ठान्यौ !
सागर पनि तर्न सक्थे तिम्रो साथ पा’को भए,
अर्कै रोज्यौ यति चांडै, बोलीमा नै सिमीत ठान्यौ !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )