~दिव्य खालिङ~
मायाको आधारमा सम्झौता नै हुन्छ
लिनु पर्ने जे छ, दिनु पर्ने के छ
त्यो बराबर हुन्छ, अनुरोध हुनेछ
मायाको आधारमा….
बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ २
साट तिम्रा व्यथाहरु, आत्मा नै साटिन्छ २
जति तिमि दिन्छौ, त्यति तिम्रो हुन्छ
जमिएका माया भरि, तिम्रो जीत हुन्छ
मायाको आधारमा…
भत्किएका सपनाहरु मायाले जोडिन्छ २
चुँडिएका आशाहरु, फेरि नै सजिन्छ २
खोल तिमि आज, मुटुका ती बन्धन
तिम्रा सारा बोझहरु मायाले बिसाउँछ
मायाको आधारमा…
शब्द , सङ्गीत : दिव्य खालिङ
स्वर: नारायण गोपाल