~गोपाल योञ्जन~
सारा दिन अरुलाई बाँडें, शायद ती रात मेरा
मेरा सुखहरु अरुको, शायद यी आँशु मेरा
बिर्सेर कहिलेकाहीं दुइ चार चोटी हाँसें
काँढाहरुलाई नाघी फूललाई म्वाई खाएँ
शायद ती गल्ति मेरा शायद ती काँढा मेरा
मेरा सुखहरु अरुको……
फूलको सुगन्ध पाउँदा कहिं सुखको सास फेरें
डुबी रहेको बेला पराल समाई हेरें
शायद किनारा अरुको गहराई शायद मेरा
मेरा सुखहरु अरुको….
शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल
यस गीतका शब्द ईश्वरबल्लभका हुन् ।