~हरिशंकर परसाईं~
अनु : लक्ष्मण अर्याल
”तपाइँ कुन विद्यालयको शिक्षक हुनुहुन्छ ?”
”म लोकहितकारी विद्यालयको शिक्षक हुँ | किन केही काम छ र ?”
”अँ, मेरो छोरोलाई विद्यालयमा भर्ना गर्नु छ |”
”त्यसोभए हाम्रो विद्यालयमा नै भर्ना गरिदिनुस् |”
”पढाइ कस्तो छ ?”
”अब्बल ! धेरै राम्रा राम्रा शिक्षकहरू हुनुहुन्छ | वातावरण राम्रो छ | यो नामी विद्यालय हो |”
”तपाइँका बच्चाबच्ची पनि त्यहीं पढ्छन् होला ?”
”होइन, मेरो प्रतिभाशाली बच्चा त ‘आदर्श विद्यालय’मा पढ्छ |”
२०७१ भाद्र १७
(लघुकथाकार हरिशंकर परसाईं हिन्दी साहित्यका स्तरीय सर्जक हुन् |)
(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )