~धिरेन थापा “अनुपम”~
खुलेआम भोलि हलाल हुनेछ
रगतको सडकमा ताल हुनेछ
जातीय द्वन्द चर्किदै गयो भने,
समस्या झन विकराल हुनेछ।
ए संघीयता लाद्यौ भने जबरजस्ती,
एक दिन ! टुक्रा–टुक्रा नेपाल हुनेछ।
जस्ले यो देश सखाप पार्यो,
भोलि त्यसैको पुनर्वहाल हुनेछ।
तपाई जस्माथि विश्वास गर्दै हुनुहुन्छ,
भोलि त्यही विदेशी दलाल हुनेछ।
जरुर, एकदिन त्यो समय आउनेछ,
मान्छे–मान्छेकै काल हुनेछ।
गुटु–४, सुर्खेत
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३३ – २०६७ आषाढ २३ गते, बुधबार )