~सागर सिल्वाल~
यात्रा कहाँको
जात्रा फेसबुकको
वाक्क लाग्यो है
सबै गुरुजी
चेला हुने को होला
चुपचाप छु
अर्थ न बर्थ
यी डम्फु बजाउँछन्
नाच्नै पर्ने हो?
एउटा खोक्छ
अर्कोले रोयो भन्छ
हाँसु की नाचु
सबै जान्ने रे
को भन्दा कोही कम ?
रमिते धेरै
सागर खाली
साथी बजाउ ताली
दुनियाँ दंग
को छ अगाडी
न हुन्छन पछाडी
स्वार्थी संसार
मुन्टो बटार
मेरो हालत देखि
भाग्यको खोट
निस्तो सपना
हावाले पो उडायो
धूलोको दोष
कसले सुन्छ
मनको यो बेदना
दबियो भित्रै
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )