~कृष्ण पहारी~
गहभरी आसुबोकेर
पराइको मझेरिमा
पोतो घसार्दै
तिम्ले थुप्रै वसन्त पार गरेयौ
निधारमा नाम्लाका डाम पारेर
घासका भारी बोक्दै
उकाली ओराली गर्यौ
पिडामा पिल्सिएर
परेली बाट कति आँसु खसाल्यौ
छोरी तिमी
गर्भबाट सहनसिलता बोजेर
बाचिरहेकी छौ।
मैले देखिरहेको छु
छोरी तिम्ले
आफ्नो बेदना र पिडालाई
कहिल्यै बाबू आमा लाई सुनाइनौ
छाती भित्र पीडा लुकाएर
हासिरहन्थ्यौ तिमी
एक्लै गुनगुनाएर
बाचिरहन्थ्यौ तिमी
छोरी बनेर बाच्नुको पीडा
कहिल्यै बाड्न सिकिनौ
छोरी तिमी धन्य छ्यौ।
आँसु लाई हासोमा रुमलेर
बाबू आमाको अगाडि हासिरहन्थ्यौ
न भोक देखायौ,न पीडा देखायौ
कहाली लाग्दा रातहरु लाई
जबर्जस्ती अङालोमारेर
बाच्न सिक्यौ
छोरी यो तिम्रो महानता हो।
म तिम्रो महानता र निस्ठालाइ
कहिल्यै भुल्न सक्दिन
तिमी जस्ता धेरै छोरिहरु
पिडाको चपेटामा पिल्सिएका छन
र जबर्जस्ती आँसु पिएर बाचेका छन
मैले देखेकोछु
ती छोरिहरु
एक फेरा बुहारी बनेर
फेरि सासू बनेकाछन
नन्द अ्माजु बनेर सासू बनेका छन
बाबू बनेर ससुरा बनेका छन
तर ती सासू र ससुराको दमन
कति निन्दनिय छ
कति तानासाही छ
र पनि छोरी तिमी
सागर बनेर बाचिरहेकी छौ।
छोरिहरु तिम्ले अब
यो दमन र ताना साहिको अन्त गर्न
बुहारिहरुको जुलुस निकाल्नु पर्छ
घर घर बाट आन्दोलन गर्न
मसाल बाल्नु पर्छ
न्यायोचित हक र अधिकार को लागि
बुहारी र छोरी को असमानता लाई हटाउन
एउटा छुट्टै मोर्चा कस्नु पर्छ
सम्पुर्न बुहारी बनेका छोरिहरु हो
यो कहाली लाग्दो रात लाई चिर्दै जानू पर्छ।
पोखराथोक, पाल्पा, तानसेन ।