गजल : कहाँ छ र ?

~नवराज बुढा ‘नवीन उदासी’~Nabaraj Budha 'Nabin udasi'

बिश्वमा नेपाली नपुगेको कहाँ छ र ?
सगरमाथा सिर झुकेको कहाँ छ र ?

सेताम्य देखिन्छ मनैमोहक हुनेगरी,
कमसल नराम्रो लुकेको कहाँ छ र ?

फूलझै भए’नि हिउँ जस्तो भए’नि,
हजार चोटले’नी दुखेको कहाँ छ र ?

अबसर नपाएरै हो हामी पिछडिएको,
गोर्खाली मनहरु चुकेको कहाँ छ र ?

जतिनै जटिल परिस्थिति आए पनि,
बिरहरु डराएर नै लुकेको कहाँ छ र ?

-बुढागाउँ, रोल्पा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.