~इलामेली टीकाराम दुलाल~
छन्द : भुजंगप्रयात
पिडाले सतायो भनेको सुनिन्छ
मलाई रूहायो भनेको सुनिन्छ ।१।
ति सन्तान मेरा बिदेशी हुनाले
झनै अश्रु आयो भनेको सुनिन्छ ।२।
यहाँ द्रब्य थोपा दिने को छ मेरो ?
र घाटी सुकायो भनेको सुनिन्छ ।३।
भनेको थियो रे दुई बर्ष बस्छु
उतै घर् बसायो भनेको सुनिन्छ ।४।
ति आमा रूहेको म देखेर बोले
मुटू मात्र खायो भनेको सुनिन्छ ।५।
२०७३।०२।०१ रोज ७
भुजंगप्रयात ( बहर मुतकारीव)
इलामेली टीकाराम दुलाल
नक्साल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )