कथा : एउटा कथा इजरायलको

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

‘मान्छेलाई हेरेर चिन्नु सकिदैन रहेछ दाइ मैले ठूलो गल्ति गरेछु ।’ इजरायलमा भएकी मेरी चेलीले अनयास यस्तो कुरा भन्दा म एक छिन अलमल्ल भए“ । उनको वास्तबिक नाम अरु नै भए पनि म उनलाई रुचि भनेर बोलाउथे ।

अरबतिरका माइतीहरु र इजरायलका चेलीहरुको निकै गाढा नाता हुने गरेको छ । जमना नेटको छ, प्रमोद साउदीमा काम गथ्र्यो । उनीहरुको नेट मार्फत भेट भएर चिनजान भएका रहेछन् । कुराकानी गर्दै जाँदा एकले अर्कालाई मन पराएछन् अनि माया गर्न थालेछन् । प्रमोदले नै रुचि सँग चिनजान गराएको थियो । पहिलो भेटमा रुचिले आफ्नो माइती नभएको जानकारी गराउदै माइती मान्ने प्रस्ताव पनि गरिन् । म बाट एउटी चेलीलाई माइतीको अभाव पुरा हुन्छ भने त्यो मेरो लागि शौभाग्य नै हो । मैले ओके भने अनि हामी चेली माइतीको मीठो र पवित्र नातामा गासिएको थियौ । त्यति बेला नै उनको नाम रुचि राखेको हु“ ।

आफू स“ग नभएको बस्तु नै आफूलाई अमूल्य लाग्दो रहेछ । मलाइ माइती भन्न पाएकोमा उनी निकै खुसी थिइन् । मलाई दाइ नै सम्झेर धेरै कुराहरु भन्थिन् । त्यसैले उनको केही वास्तविक पक्ष पनि थाहा पाए“ । हाम्रो समाजमा छोरीको उमेर नपुग्दै ज्वाइँको घरमा पठाउन हतार हुन्छ । विहे पछि आमाबाबाहरु आफ्नो का“धबाट एउटा पहाड नै बिसाएको महसुस गर्छन् । रुचिलाई विवाह गर्न दवाव आउन थाले पछि इजरायल गएकी रहेछिन् । छोरी मान्छे पनि आफ्नो खुट्टामा उभिनु पर्छ भन्ने उनको धारणा सबैको लागि प्रेरक बन्न सक्छ ।

उनीहरुको प्रेमको बारेमा मलाई प्रमोदले हल्का भनेको थियो । कहिलेकही“ ठासठुस परेको बेला दाइ हुनुको कतब्र्य निर्वाह गर्थे । उसो त रुचि निकै बुज्झकी र साहसी पनि थिइन् र उनी आफ्नो तरिकाले बाँचन चाहन्थिन् । आफैले रोजेर प्रेम गरि विश्वास जितेर विवाह गर्ने उनको चाहना थियो । एक दिन खुसी हुदै भनेकी थिइन्–‘मैले त माया मात्र होइन,असल माइती पनि पाएको छु र एउटा मीठो नाम । मैले आमाबाबाहरुलाई पनि सुनाए“, उहा“हरु पनि धेरै खुसी हुनु भएको छ । बाबा बोल्ने भन्दै हुनुहुथ्यो मैले तपाईको नम्बर पनि दिएको छु है ।’ यस्तो कुरा सुन्दा गर्वले मन फुरु¨ हुन्थ्यो । यसरी नै समय बित्दै थियो ।

माया भनेको मन पराएर नै गरिन्छ,अनि भविश्य सोचेर गरिन्छ । माया सपना,कल्पना र जीवन हो । मायाले जहिले पनि एकान्त र निकटता चाहन्छ । टाढा हुनुको पीडा उनीहरुलाई पनि त्यस्तै थियो,जस्तो अरु सबैलाई हुन्छ । सर्वोउच्च शिखर सगरमाथाको देशमा जन्मेर वाध्याता बस कर्मभूमिको रुपमा एक जना अरव र अर्को संसारकै सबै भन्दा होचो ठाउ“ इजराइलमा थिइन् । भनिन्छ–‘जहा“ समस्या त्यहाँ उपाय’ उनीहरु पनि त्यही“ उपायको खोजी गर्न थाले । त्यसैले रुचिले प्रमोदलाई उतै बोलाउने भइन् । नेपालीहरुको लागि इजरायल बन्द भएको पनि निकै लामो समय भएको थियो । तर ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने उखान यहाँ पनि चरितार्थ भयो । इजरायल पुग्ने एउटा बाटो छ, त्यो हो दिल्लीको बाटो । रुचिले सबै ब्याबस्था उतै बाट मिलाउने भइन् ।

सा“च्चो माया गर्नेहरु न कहिल्यै हारेका छन् न कहिल्यै हार्छन् । बरु मायामा हाँसी हाँसी फाँसी जान तयार हुन्छन् । रुचिले साँच्चो माया गरेकी थिइन् । त्यसैले उनी जे गर्न पनि तयार थिइन् । दुबै जना नेपाल जाने र विवाह गर्ने अनि रुचि फिर्किने र प्रमोद चाँहि नेपालमा बस्ने सल्लाहा गरेका थिए । मलाई यति सम्म राम्रै थाहा थियो ।

रुचि ४० दिनको छट्टिमा नेपाल गएकी थिइन् । तर विभिन्न बहना बनाउदै प्रमोद नेपाल गएन । रुचि इजराइल फर्कनु ४ दिन मात्र बाँकी रहदा प्रमोद नेपाल गयो । उनीहरुको काठमाडौंमा भेट त भयो तर विवाह भएन । त्यतिकैमा रुचि इजरायल फर्किइन् । प्रमोद महिनौ दिल्ली गएर बसेर बल्लतल्ल डकुमेन्ट बनाएर पठाएछ ।

नेपालमा हुने लोड सेटि¨ त्यस्तै हो, भनेको समयमा भेट पनि हुदैनथ्यो । तर रुचि र मेरो बारम्बार भेट भएर कुराकानी हुन्थ्यो । रुचिले एक दिन भनिन्–‘दाइ अब त प्रमोदलाई ज्वाई“ भन्नु है ।’ मैले हुन्छ भन्दा निकै खुसी भएकी थिइन् । हाम्रो यस्तै यस्तै दुःख सुखका कुराहरु हुन्थ्यो । एक दिन रुचिले खुसी हुदै प्रमोदको भिसा निस्कीएको जानकारी दिइन् । केही दिन पछि प्रमोद पनि इजरायल गयो । मलाइ धेरै खुसी लागेको थियो एकातिर चेली अर्को तिर गाउ“ले भाइ । प्रमोद इजरायल गए पछि स्वाभाबैले हाम्रो भेट पातलियो । निकै लामो समय पछिको भेटमा रुचिले यस्तो कुरा सुनाइन् ।

दाइ प्रमोदलाई एक पल्ट सम्झाइ दिनु,उसले के गर्न खोजेको हो? रुचि भन्दै थिइन् साउदी बाट नेपाल बोलाए । काठमाडौंमा खान, बस्न देखि भारत बाट डकुमेन्ट तयार गर्न अनि इजरायल सम्म आउन सबै पैसा मैले नै खर्च गरें । त्यो पैसा कमाउन मैले कति दुःख गरेको छु त्यो मलाई नै थाह छ । यतै आउने केटी सँग दिल्लीमा भेट भएर उ स“ग लागेर मेरो माया, भरोसा, सपनाहरु सबै लत्याउदै कहिल्यै निको नहुने चोट दियो । मेरो पैसा मात्र फिर्ता गरोस सोधि दिनु भन्दै रुदै पुकार गर्दै थिइन् । अब म के गरौं? आमाबाबालाई के भनौं? म संसारमा कस्लाई विश्वास गरु भन्दै प्रश्नहरु पनि गर्दै थिइन् ।

कुरा गर्नु पर्‍यो भनेर हत्तपत्त फेसबुक, याहु र स्काइपहरु तिर हेरें सबैमा बन्द गरेको रहेछ । फोन गर्नु पर्‍यो भनेर डाइल गरें,मैले नबुझ्ने हिब्रु भाषमा कम्प्यूटर मात्र बोलको सुने । जानजानी मलाई बन्द गरेको रहेछ । धेरै खुसी लाग्यो, कति महान काम गरेछौ प्रमोद, धन्य छ तिमीलाई,।।।।।।।।।

मैले न रुचिको आग्रहलाई पुरा गर्न सके, न उनको प्रश्नको उत्तर नै दिन सके । प्रमोद तिमीले मेरो यो लेख ढिलो चाडो हेर्छौ होला । हुन त मेरो भन्नु केहि छैन । तर अरबको प्रचण्ड गर्मीमा मायाको मीठो शीतलता प्रदान गर्दै यत्रो उपकार गर्ने सगरमाथा जस्तै उच्च मन र आकाश झै बिशाल भावना भएकी रुचि प्रति यत्रो अन्याय गर्नु अगि एक पटक सोच्नु पर्ने थियो । तिमी रुचिकै हात समाउदै इजरायल पुगेको कुरा कति चाडै विर्सिएछौ?

तिमी स“ग यस्ता कुराहरु गर्नु भनेको ‘भालुलाई पुरान सुनाउनु जस्तै हो ।’ आमाबाबाहरुले धेरै पढाएर असल मान्छे बनाउन चाहान्थे । बुढेसकालको साहरा ठानेर आफ्नो ढुङ्ग्री, मुन्द्री बैंकमा राखेर पैसा दिन्थे । दिदी बहिनीहरुको सिक्री बेचेर पढाएका थिए । दाजुहरुले पनि तिम्रो लागि के गरेनन् । तर त्यो सबै तिमीलाई पचेन ‘मदौराले माड नखाए पछि कस्को के लाग्दो रहेछ र?’ तिमीले कहिल्यै आमाबाबाको माया र दिदी बहिनीको र दाइहरुको भावनालाई बुझेनौ । रुचिलाई धोका दिनु तिम्रो लागि कुनै नौलो कुरा हुदै होइन । तिमी त अलिकति मानवीय संवेदना पनि नभएको मान्छे हौ । आफू हा“स्नको लागि जसलाई पनि रुवाउन सक्छौ । आफू बा“च्नको लागि कसैलाई मार्न पनि सक्छौ । कसैलाई धोका दिनु तिम्रो लागि दाल र भात खाए जस्तै हो । तर यस्तो कार्यलाई मावनशास्त्रले माफ दिने छैन । तिमीलाई गाउ“ले भाइ भन्न पनि लाज लाग्न थाल्यो ।

यति बेला तिमीलाई संसार जीतेको जस्तै लाग्दैछ होला । तर त्योे फगत भ्रम मात्र हो । अहिले मैले थाह पाए“,रुचिलाई विश्वास दिलाउनुको लागि मात्र मलाई परिचय गराएको थिएछौं । रुचिलाई धोका दिने तिम्रो योजना पहिले देखीेकै रहेछ । अनि त तिमी साउदी बाट समयमा नै नेपाल नर्फकेको रहेछौ होइन त? तिमी इजरायल सम्म जानुको लागि तिमीले कुटिल चाल मात्र रचेको थिएछौ । तर याद राख ति निर्दोष चेलीको आ“सुको श्राप अवश्य लाग्ने छ । भगवान्ले तिमीलाई हर हालतमा सजाय दिने छन् ।

चकेन्द्र राई ”कैदी”
धनकुटा, हाल :- दोहा, कतार

(स्रोत : DcNepal.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.