~गोपाल योन्जन~
केटा –
बिछोडको पिडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउंदैछु फर्की रमाइलो गाउँमा
केटि –
डाँडा छ साक्षी ती दिन र राति निद छैन आँखामा
मनको कुरो बुझ्दैन कोहि पहाडी पाखामा
बिछोडको पिडा….
केटा –
तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर
मिठा मिठा कुरा जति मनमा साँचेर २
डाँफे चरी झैँ म बेग मारी झुल्कुंला सामुमा
तिमीलाई भेट्न….
केटि –
दु:ख पनि नासिएला भाग्यमा घाम उदाए
संधै भरि खुसि हुँला दर्शन म पाए
लैजाउँला उनलाई हात समाई ईश्वरको मन्दिरमा
मनको कुरो बुझ्दैन कोहि पहाडी पाखामा
बिछोडको पिडा….
शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र तारा देबी