~दीर्घ सिंह बम~
बिरही माया अधुरो रह्यो बिर्सनु कसरि
तडपाई दिन्छ जलाई दिन्छ याद आउँछ बेसरी
बिरही माया….
तप्किन खोज्छन आँशुका थोपा, गोधुली साँझमा
डुबाई गयौ, यो जिन्दगानी, सागर माझमा २
किनारा छैन २ सहारा छैन मन थामुं कसरि
तड्पाई दिन्छ….
नदि झैँ बग्ने त्यो तिम्रो माया झरना झैँ झरेछ
सपना रम्ने आँखामा मेरो पर्दाले खसेछ २
गोरेटो छैन, उज्यालो छैन, म हिडुं कसरि
तड्पाई दिन्छ…
शब्द: दीर्घ सिंह बम
संगीत: भुपेन्द्र रायमाझी
स्वर: नारायण गोपाल
चलचित्र: “चोट”
(यो गीत स्वर सम्राट स्व. नारायण गोपालको स्वर यात्राको अन्तिम क्रमको हो)