~स्यानु पाईजा~
जीवनलाई बुझ्न खोजेको बेला
जीवन गुन्द्रुक जस्तै अमिलो छ
तिमी यस्लाई के भन्छ्यौ ??
म अमिलोलाई मिठो मानेर खान्छु
जीवनलाई मैले हरेक कोणमा दाँज्दा
हेराई, बुझाई, सोचाई फरक हुन सक्ला
समाय र परिवेशमा अलग ब्याख्या होला
कोहि भन्दछन- गुन्द्रुक कुहिएको साग हो
कोहि भन्दछन- गुन्द्रुक गरिव को भाग हो
कोहि भन्दछन- गुन्द्रुक नेपाली को माग हो
कोहि भन्दछन- गुन्द्रुक मसला नचाहिने साग हो
अझ कति ले भन्छन- गुन्द्रुक उमाल्नु पर्दैन
समाय , अनुभव फगतका कुरा होईनन
जस्ले जति ब्याख्या गरे आफ्नो अनुभवले गरे
साच्चै जीन्दगीका रहर, बैश, यौन प्रदेशमा
गुन्द्रुक जस्तै अमिलो बनाएर कुहाईको छैन र ?
कहिले गरिव बनेर, कहिले आभाव बोकेर
बिदेशिने आशा र ईच्छा आफ्नै होईन र ?
म अचानक रिसाउछु ।
कसैले मेरो जिन्दगी गुन्द्रुक हो भनेकोमा
अरु सित होईन आफै सित
जिन्दगीलाई गुन्द्रुक बनाएको मा
अमिलो भएर मात्रै जीवनलाई
गुन्द्रुक सित दाजेर हेरेको
गुन्द्रुक पनि सयौ बर्ष यसरी नै बन्छ
मात्र खाने पुस्ता फेरिन्छन
जीवन पनि यसरी नै चलेको छ
मात्र भोग्ने पुस्ता फेरिन्छन ।
पात्लेखेत-७, म्याग्दी
(स्रोत : कविता कुसुम)