~योगेन्द्र जोगी ‘संघर्ष’~
कोर्दा कोर्दै सकिने भयो जिन्दगीका पानाहरू
हेर्दा हेर्दै सकिने भयो मनका सबै चाहनाहरु
मुना मदनकै कथा भयो मिलनका सारा परखाईहरु
तडपिरहयो मन बल्झिरयो बिछोडका कथाहरु
कुर्दा कुर्दै सकिने भयो परिश्रमका मीठा पलहरु
प्रचंड गर्मिको उराठ लाग्दो मरुभूमिमा जिउदै
घायल जिन्दगीको अमिट यात्राहरू
अझै अघि अघि बढदै छ गन्तव्यबिहिन
जिबनका यी मेरा पाइलाहरु
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी- नेपाल
ईमेल- yogendra.yogen@yahoo.com
(स्रोत : कविता कुसुम)
