गजल : डुल्दै होला कोहि

~नवराज भुजेल “राज”~

प्रणय को संसार मा डुल्दै होला कोहि
पिरतीको बगैचा मा फुल्दै होला कोहि

मेरो जस्तै कसैको त , छुटे पनि होला
प्रेमिल मिठो बातमा खुल्दै होला कोही

मन मुटु नै चोर्छन मिथ्या माया जोडि
प्रेम रुपि जहर मा , घुल्दै होला कोहि

कती लाई जुटायो त कती बिछोड भो
कठोर बनी अतित भुल्दै होला कोही

बसन्त मै उजाडिए , एक्लो बनी रहेँ
पराइको अँगालोमा झुल्दै होला कोहि

नवराज भुजेल “राज”
दोर्पा चिउरी डाँडा ४ बुवासुङ्
खोटांग दिक्तेल सगरमाथा

This entry was posted in गजल and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.