~इलामेली टीकाराम दुलाल~
छन्द : शार्दूलविक्रीडित
पानीसंग नखेल दङ्ग परदै बाडी कतै आउला
गट्टा गट्टि नखेल है सडकमा गाडी कतै आउला ।१।
यो मैदान हुदा त छैन भर खै लाग्ने अहो ठेस लौ
भो बिस्बास् नगरेस है सफरमा खाडी कतै आउला ।२।
दिन्छन् जोस र होसका प्रिय कथा माया र त्यो प्रेमका
भैसीको बदला कथा सुनिरदा पाडी कतै आउला ।३।
कैले पागल हुन्छ नादन सरी बैमान् गफाडी पनि
बस्दा च्यादर भेट्छ गुन्द्रि पनि जो राडी कतै आउला ।४।
२०७३।०२।२४ रोज २
इलामेली टीकाराम दुलाल
नक्साल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )