~लक्ष्मी गाइजू~
आगनीमा सबको खेल्ने एउटै घाम जून
आफ्नो बिरानो नछुट्याउने एउटै घाम जून
को ठूलो को सानो छुवाछुत किन हो
सानो ठूलो सबको दैलो छिर्ने एउटै घाम जून
पाखाम ल्लग्ने घाम मैदानम नि लाग्छ
सम्प्रदाय गलत भाव मेट्नएउटै घाम जून
मन कसैको नदुखाए सबै सधै आफ्ना हुन
मनको दैलो उज्यालो पार्ने एउटै घाम जून
नहोस अन्याय कसैमाथि सबै समान छौँ
समानताको शिक्षा दिने एउटै घाम जून ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )