~वाचस्पति रेग्मी~
हजारौ मान्छेका मनमा हजारौं सपनाहरु हुन्छन् । सपनाहरु परिस्थिति र समयको भेलसगै उतार चढाव भैरहन्छ । एक मान्छेको एक सपना भए पो हुन्छ र । एउटै मान्छेको धेरै इच्छा, चाहना र सपनाहरु भएपछि मान्छे असनको भिडमा अलपत्र परे जस्तै हुन्छ । यस्तै यस्तै कल्पना र सपनाहरुकाबीच बेलुकाको प्रहरी गस्ती सकेर म विश्राम कक्ष तर्फ लाग्दछु । पोखरा शहर केही ठूला ठूला घटनाले चर्चित, दिन दहाडै मान्छे मार्छन भनेर अफवाह आदी आदी बीच प्रहरीको सेवा चुस्त, स्फूर्त र आवश्यकता अनुसार परिचालन गरिरहनु पर्दछ । म पनि फेवातालको डिलमा रहेको वडा प्रहरी कार्यालय वैदामको प्रहरी प्रमुख प्रहरी इन्स्पेक्टर भएकोले चुस्त र स्फुर्त नै थिए । प्रहरीको काम कारवाही एकदम संवेदनशील, सरकारको कर्तव्यपालनामा उपस्थिति देखाउनु पर्ने भएकोले २४ सैं घण्टा चनाखो रहने गर्दथें । बेलाबेलामा ५ मिनेटमै प्रहरी घटनास्थल पुग्छ भनेर प्रहरी महानिरिक्षकहरुले भाषण समेत गर्ने हुदा त्यो बेला प्रहरी पुग्न सकेन भने जनताको सुरक्षा हुन्न कि रु भन्ने मलाई लाग्दथ्यो । जव फोन आउथ्यो सुरक्षा पाउ भनेर, मैले सकेसम्मको छिटो प्रहरी घटना घटेको ठाउमा पुर्याउने प्रयास गर्दथें । सुरक्षा पुर्याउने क्रममा र अपराध नियन्त्रण गर्ने क्रममा कानुनको पालना गराउदा र इलाकाको शान्ति सुरक्षा कायम राख्दा कमी कमजोरी नभएको भने होइन । यस्तै यस्तै कुराहरुकाबीच आफ्नो नियमित वेलुकाको गस्ती सकेर खाना खाई आराम गरे । रात छिप्पिदै गयो कहि कतैबाट फोन वा कुनै घटनाहरु नभएको पाइएमा आफ्नो त्यस दिनको जिम्मेवारी पुरा भएको भनेर आराम गरिन्छ ।
मान्छेको चाहना भनौं वा उमेरले भनौं देश भित्रै भएमा बेलुका अवेलासम्म डिस्को, डान्सवार र मनोरञ्जन स्थल जाने फर्कने गरिन्छ र सकेसम्म विदेशमा पैसा कमाउन जाने चलनहरु छन् । माघको महिना पोखराको ठाउ फेवातालकामा माछापुच्छे« हिमाल जस्तै टल्केर सेतै भएको थियो । अलि अलि गाडीहरु गुडिरहेको थियो । चिसो हावा, खुला आकाश र शित परेको जमिन भएकोले बाहिर खासै हिड्डुल गरिदैनथ्यो । विहानको ५ बजेको थियो । ग्वालाहरु दूध बोकेर हिडेको मात्रै देखिन्थ्यो । टेलिफोनको घण्टी बज्यो । एकाविहानै टेलिफोन जरुरी नपर्दासम्म र प्रहरी आवश्यक नपर्दासम्म कहिल्यै आउदैन्थ्यो । सामान्य बोलचाल, आवश्यक सल्लाह, सुझाव वा प्रहरीको बारेमा भन्नु परे पनि अफिसियल टाइम नै हुन्थ्यो । फोनको रीसीभर उठाए। हेलो, वडा प्रहरी कार्यालय वैदाम, म रेग्मी इन्स्पेक्टर वोल्दैछु । उताबाट रेग्मी सर, म कल्पना बोलेको, जिरो किलोमिटरबाट भन्नु भो । को कल्पना भनेर फेरि मैले कनफर्म गरें । म वकिल कल्पना श्रेष्ठ भन्नु भो । ए हजुर नमस्कार । आज एका विहानै हजुरको यो फोन भनेर मैले आश्चर्य व्यक्त गरे । हो त नि रेग्मी सर, आज एका विहानै, हेर्नुस् न, मेरो घरबाहिर चउर छेउमा एउटा मुखै फुटेको, दातैहरु नभएर रगतै रगत भएको मान्छे लम्पसार छ, त्यही खबर गरौं भनेर तपाईलाई फोन गरेको भन्नुभो ।
चिसो हावा, खुला आकाश र शित परेको जमिन भएकोले बाहिर खासै हिड्डुल गरिदैनथ्यो । विहानको ५ बजेको थियो । ग्वालाहरु दूध बोकेर हिडेको मात्रै देखिन्थ्यो । टेलिफोनको घण्टी बज्यो । एकाविहानै टेलिफोन जरुरी नपर्दासम्म र प्रहरी आवश्यक नपर्दासम्म कहिल्यै आउदैन्थ्यो । सामान्य बोलचाल, आवश्यक सल्लाह, सुझाव वा प्रहरीको बारेमा भन्नु परे पनि अफिसियल टाइम नै हुन्थ्यो । फोनको रीसीभर उठाए। हेलो, वडा प्रहरी कार्यालय वैदाम, म रेग्मी इन्स्पेक्टर वोल्दैछु । उताबाट रेग्मी सर, म कल्पना बोलेको, जिरो किलोमिटरबाट भन्नु भो । को कल्पना भनेर फेरि मैले कनफर्म गरें ।
म पनि ससंकित भए । हत्या, सवारी दूर्घटना, कही मारेर त्यो ठाउमा ल्याएर फालेको आदि आदि कल्पना गर्न थाले । प्रहरीलाई अपराधको सूचना आएपछि तत्काल जानु पर्ने र जाडो भन्ने कुरै नहुने । मेरा सहयोगी प्रहरीहरु पनि रातभरीको डिउटी, गस्तीको थकाई आदि आदि हुदा हुदै पनि सक्षम र चुस्त छु एवं व्यावसायिक प्रहरी हु भन्न घटनास्थल तत्काल पुग्नु पर्ने हुन्छ । घटनास्थल सुरक्षा र मुचुल्काहरु जेजे गर्नु पर्ने हो आवश्यक अनुसन्धानका साधनहरु समेत लिएर जिरो किलोमिटर पोखरामा पुगें । घटनास्थलमा पुग्नासाथ विभत्स अवस्थामा रहेको लोग्ने मान्छे कोल्टे अवस्थामा र मुख सबै फुटेको पाए । तत्काल घटनास्थलको सुरक्षा गरी जिल्ला प्रहरी कार्यालय र माथिल्लो प्रहरी कार्यालयमा वाकी टकीवाटै जानकारी गराए । जिल्लाको एसपीसावले मलाई घटनाको प्रमाणहरु संकलन, साक्षीहरुको खोजी र को मानिस हराएको छ त्यो राम्रोसग गहिरिएर अनुसन्धान गर्नु होला भनेर निर्देशन दिनु भयो । त्यसपछि मुचुल्का र कानुनी प्रक्रिया पूरा गर्न वडा अध्यक्ष र भद्रभलादमीहरु चाहिने हुदा तत्काल उहाहरुलाई घटनास्थल जम्मा पार्ने र घटनाको बारेमा सुक्ष्म अनुसन्धानहरु गर्न सुरु गरें । घटनास्थल मोटरबाटोसगै र खुला ठाउ भएकोले घटना त्यही ठाउमा भएको हो भन्ने लाग्दैनथ्यो । तथापि कही कतै काटेको, कुटुको चोटहरु नभएको त्यो लोग्ने मान्छेको पहिला त जिउदै वा मृत्यु कन्फर्म गर्नु थियो । घटनास्थलमा आवश्यक पर्ने भद्रभलादमीहरुको रोहवरमा तत्काल निज मृत्यु भएको पुष्टि भएकोले कानुनी लास जाच मुचुल्का जे जे गर्नु पर्ने हो सो पुरा गरियो । तर मूखमा चोटहरु भएको, दातहरु सबै खसेको त्यो मृत शरिर लास भए नजिक कही कतै घिसारिएको, मडारिएको र कुटपिट भएको कुनै प्रमाण फेला नपरेकोले घटना एकदम शंकास्पद र कडा प्रकृतिको थियो ।
पहिलो काम त लास जाचलाई पोष्टमार्टमको लागि अस्पतालसम्म लैजाने कार्य गरियो । अन्दाजी २२/२४ वर्षको युवक त्यस्तो अवस्थामा कर्तव्य गरेको भेटिनुले मृत्यु सम्बन्धमा हरेक शंका आशंका गर्नुपर्ने कुराहरु प्रसस्तै थियो । प्रेमका कारण, साथी साथीको रिस र आवेशमा, सवारीहरुले ठोक्कीएर घाइते भएमा उपचार भन्दा मारेर नै फाल्ने अपराधीक प्रवृति । यस्तै यस्तै कर्तव्यका कुराहरुको खोजी गर्न पर्ने अनुसन्धानका पक्ष थियो । घटनास्थल वरपर आवश्यक दूरीसम्म सवुद प्रमाण, अपराधका कारणहरु केही पत्ता नलागेको हुदा अनुसन्धान ज्यादै जटिल हुदै थियो भने अर्को तर्फ मृतक को हो भन्ने कुरा शरिरमा रहेको प्रमाणहरुबाट पनि पत्ता लगाउन गाह्रो थियो । कुनै नाम, थर वा ठेगाना खुल्ने कागज पत्र थिएनन् । लास जव पोष्टमार्टमलाई पठाइयो तव मृतकको मुख्य घटना स्थल कहा र के हुन सक्छ भनी खोजी शुरु गरियो । कठै विचरा २२र२४ वर्षको कलिलो उमेरमा विभिन्न इच्छा र आकांक्षाका बाबजुद मर्नुपर्ने अवस्था पक्कै थिएन र सामयिक मृत्यु पनि थिएन । सबै दातहरु खसेर पूर्ण घाइते अवस्थामा मर्नुले कर्तव्य ज्यान गर्ने मान्छे एउटा क्रुर नै थियो भन्नु पर्ने अनुसन्धानबाट देखिन्थ्यो । गहिरिएर अनुसन्धान गर्दै जादा जिरो किलोमिटरबाट वैदाम जानेबाटोमा पानीको पाइप विछ्याइएको र पाइप खनिएको र खाडल खनिएको ठाउमा दातका टुक्राहरु देखिएको भनेर स्थानियबासीले तत्काल खवर गरेपछि त्यो ठाउ मुख्य घटनास्थल हुनसक्छ भनेर तुरुन्त घटनास्थलको सुरक्षा गरियो । वास्तवमा लास रहेको स्थान र त्यो दात फेला परेको स्थान २०० मिटरको दूरीको टाढा थियो ।
(लेखक नेपाल प्रहरीका पूर्व डिएसपी हुनुहुन्छ।)
(स्रोत : Himalayamail)