~गंगा पौडेल~
सायद
सुन्य निर्जन बाताबरणले
मेरो मस्तिस्कलाई
एकोहोरो बनाई रहेको थियो
सुनसान अन्धकार एक कुनामा
म
आफ्नै जिन्दगी सल्काई रहेकी छु
एउटा तमाखु भरेको सानो सुइरोले
जान्दिन यसको गुण, अबगुण
तर पनि सल्काउदैछु म
आफैँ एक सरो तानेर धुवा फाल्दै आकास तिर हेर्छु
झ्यालको चस्मा लाएर अनि देख्छु जिन्दगी कुहिरो भित्र रुमल्ली रहेको काग जस्तै
या त यसो भनौ
बादलुको शहरमा हराएको म एउटा अघोषित परी ………
फगत एक खिल्ली कल्पनाको सागर तैरिन कति बिघ्न सिपालु
म स्तब्ध हुन्छु
आफ्नै औला माझ च्यापिएको भौतिक वस्तु खरानी हुदै
फुस्स फुस्स खस्दा झस्किन्छु आङ जिरिङ्ग हुन्छ l
सोची पठाउछु सायद सपना र जिन्दगी पनि यस्तै यस्तै हुन
र, फेरी ……
सल्किन तयार हुन्छ अर्को एउटा………
तोपगाछी – ८ झापा
हाल : दक्षिण कोरिया
(स्रोत : Himalayamail)