~सन्तोष सागर~
होईन !
होईन, त्यो एउटा संयोग होईन,
अनि कुनै त्यस्तो स्वार्थ होईन,
फूललाई फुल्न सिकाउनु पर्दैन,
घामलाई उदाउन पनि सिकाउनु पर्दैन।
चिरविर चिरविरगर्दै भुर्र भुर्र उड़्न खोज्ने त्यो सानो चरीले कहिल्यै सिक्नु पर्दैन।
किनकी यी सबै प्राकृतिक हुन्।
यी सबै एउटा पूर्व कल्पनाहरू हुन्।
हिजो !
हिजो,तिमी सँगको त्यो मेरो भेट पनि एउटा पूर्वकल्पना नै थियो क्यारे!
त्यो भेट !
जून भेटको कल्पना न त तिमी नै गरेकी थियौ न त मैले नि ।
थाहा छ नि !
यदि दक्षिणको कोईली र उत्तरको कोईलीलाई जुराईदिएको छ भने भावीले, कसो ती नहोलान् एक?
हो,
त्यस्तै हो।
तिमी आकाश थिईनौ र म पाताल थिएन।
अनि थिएन, म जून र तिमी थिईनौ घाम।
सत्य हो । यही थियो पूर्वकल्पना।
जून ,
तिमी र म भन्दा फरक कुनै तेस्रो हातबाट भएको थियो,सायद।
तर आज !
तर आज , तिमी प्रकृतिलाई जित्न खोज्दैछौ।
त्यो पूर्वकल्पनालाई,आफ्नै तरिकाले परिभाषित गर्दैछौ।
त्यो तिम्रो दम्भ हुन सक्छ । त्यो अदूरदर्शिता हुन सक्छ।
त्यो ‘हामी’ टुक्रिन सक्दैन।
किनकी यदि १-१=१ हुने महाकविको साध्यको यहाँ लागू हुन्छ भने
त्यो ‘हामी’बाट तिमी एक्लै निस्कन खोजे पनि हामी नै रहन्छ।
कारण,
कारण हो ‘म’ मात्र पनि त्यहाँ रहीरहन सक्नु।
प्रमाणहरू यदि खोज्छ भने यो जगत खोजीरहोस्,थोत्रो मगज खियाईरहोस्।
न त देखाईन सकिन्छ न त हेर्न सकिन्छ ।
मात्र अनुभव गर्न सकिन्छ।
तिम्रो र मेरो विचारको सम्भोग पश्चात रहेको त्यो गर्भ रूपी विचार (सन्तान) जीवित रहिरहनेछ, युगयुग सम्म।
त्यहाँ निष्कपटता मात्र छ भनेर।
बुटवल,रुपन्देही
(स्रोत : Himalayamail)